दफा १४२
असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार

(१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथाहेरविचारको व्यवस्था निजको सम्पत्ति भए त्यस्तो सम्पत्तिबाट र त्यस्तो सम्पत्ति नभए आफ्नो सम्पत्तिबाट गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्थानिजको चल सम्पत्ति भएसम्म त्यस्तो सम्पत्तिबाट र चल सम्पत्ति नभए वा त्यस्तो सम्पत्तिबाट पालनपोषण, स्वास्थ्य,शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्था हुन नसक्ने भएमा त्यस्तो प्रयोजनको लागि अदालतको पूर्व सहमति लिईनिजको अचल सम्पत्ति बिक्री गर्न सकिनेछ। तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्तिसंरक्षक भएकोमा अचल सम्पत्ति बिक्री गर्दा अदालतको अनुमति लिनु पर्ने छैन।